नेपाल पत्रकार महासंघ कास्की शाखाले महासंघ केन्द्रीय समितिबाट उत्कृष्ट शाखा सम्मान प्राप्त गरेको छ । पत्रकार महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लाने गरी विधान संशोधन प्रश्ताव पारित भएको केन्द्रीय साधारणसभा आयोजना गर्न महत्वपूर्ण भूमिका खेलेबापत कास्की शाखालाई शनिबार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो ।
राजधानीमा आयोजित विशेष समारोहकाबीच राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, महासंघका अध्यक्ष गोविन्द आचार्य लगायतले शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठ तथा निर्वतमान अध्यक्ष एवम् केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीलाई सो सम्मान अर्पण गरेका थिए ।
सम्मापन ग्रहणपछि अध्यक्ष श्रेष्ठले सामूहिक भावनामा रहेर काम गर्दा उपलव्धी मिलेको बताए । उनले प्राप्त सम्मानका लागि ‘टिम वर्क’मा सघाउने सिंगो कास्की शाखामा आबद्द अग्रज ,अनुज तथा सहकर्मी कृतज्ञता व्यक्त गरे । महासंघ कास्की शाखामा हाल ३२९ सदस्य आवद्ध छन् ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम