तनहुँ । प्राज्ञिक विद्यार्थी परिषद नेपालको प्रथम गण्डकी प्रदेश अधिवेशन विहिबार देखि दमौलीमा सुरु भएको छ ।
समाज र राष्ट्रहितका लागि युवा भन्ने मुल नाराका साथ प्रथम गण्डकी प्रदेश अधिवेशन सुरु भएको छ । अधिवेशन शनिबार सम्म हुने आयोजकले जनाएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय अध्यक्ष रामजी गौतमको अध्यक्षता उक्त कार्यक्रम भएको थियो ।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथि व्यासका अध्ययता काशिनाथ न्यौपाने रहेका थिए । त्यस्तै विशिष्ठ अतिथि भने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।
प्रथम गण्डकी प्रदेश अधिवेशनबाट आगामी दुई वर्षका लागी नयाँ कार्यसमिति आउने गण्डकी प्रदेश अध्यक्ष पुष्पराज खतिवडाले बताए ।
प्राज्ञिक विद्यार्थी परिषद नेपाल दलगत राजनीति देखि माथि रहि ज्ञान शिल र एकताको आदर्शका साथ व्यक्ति निर्माणका माध्यमद्वारा राष्ट्र पुनःनिर्माण लक्ष्य सहित अघि बढेको सस्था रहेको अध्यक्ष खतिवडाले बताए ।
गण्डकी प्रदेशभरिका १५० भन्दा बढी युवाहरुको कार्यक्रममा सहभागीता रहेको अध्यक्ष खतिवडाले बताए । अधिवेशनले तनहुँको सास्कृतिक तथा पर्यटनको क्षेत्रमा सहयोग पुर्याउने खतिवडा बताउछ्न ।
कक्षा ११ देखी मास्टर तह सम्मका विद्यार्थी परिषदका सदस्य रहेको परिषदका गण्डकी प्रदेश सचिव मिलन अधिकारीले बताए । देशको हरेक तहमा जाने युवा लाई सहि मार्गनिर्देश गर्ने र इमानदार बनाउने लक्ष्य परिषदको रहेको अधिकारीले बताए । देशभर परिषदको ५ हजार सदस्य रहेको अधिकारिले जानकारी दिए ।
देशमा प्रादेशिक संरचना अगाडि बढेसंगै विद्यार्थी परिषदले पनि आफ्नो प्रदेश संरचना निर्माण गर्न र प्रदेश सक्रिय र उत्कृष्ट बनाउने लक्ष्यले प्रदेश स्तरीय अधिवेशन गर्न लागेको परिषदले जनाएको छ ।
कार्यक्रममा प्रदेशको शिक्षा, समसामयिक अवस्था, महिला सुरक्षा चर्चा सहित प्रस्ताव पारीत हुने जनाइएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते