गण्डकी प्रदेशको दिनभर : फरकफरक घटनामा भारतिय नागरिक सहित दुई जनाको मृत्यु, तीन जना घाईते

गण्डकी प्रदेशको दिनभर : फरकफरक घटनामा भारतिय नागरिक सहित दुई जनाको मृत्यु, तीन जना घाईते

gandaki-pradesh

पोखरा । नवलपरासीमा ७२ बर्षीय बृद्ध मृत अबस्थामा फेला परेका छन् । शुक्रबार नवलपरासीको बिनयी त्रिबेणी गाँउपालिका वडा नम्बर २ का ७२ बर्षीय दिल बहादुर बि.क मृत अबस्थामा फेला परेका हुन् । बि.कलाई सोहि ठाउँका हेमलाल गुरुङको गोठमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । हाल घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

उपचारकै क्रममा भारतिय नागरिकको मृत्यु

पोखरा । मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कँदै गरेका एक भारतीय नागरिकको मृत्यु भएको छ । मन्दिर दर्शन गरेर फर्केका अन्दाजी ६५ बर्षीय भारतिय नागरिक KANAPPAN VAITHILINGAM को बिहिबार मृत्यु भएको हो ।

  मन्दीर दर्शन गरेर बुधबार घरपझोङ गाँउपालिका वडा नम्बर ३ जोमसोममा रहेको हिमालय ईन होटलमा आएर बसेका  VAITHILINGAM  को बिहिबार अचानक बिरामी भएपछि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएको थियो । घटना भएको खबर पाए लगत्तै घटना स्थलमा पुगेको प्रहरीले हाल थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बागलुङमा पहिरोमा पुरिएर तीन जना घाईते

पोखरा । बागलुङमा पहिरोमा पुरिएर तीन जना घाईते भएका छन् । बिहिबार सडक खण्ड फराकिलो बनाउनका लागि श्रमदान गर्न गएका बागलुङको काठेखोला गाँउपालिका वडा ८ लेखानि कर्लिमारेमा पहिरो जाँदा स्थानीय तीन जना पुरिएर घाईते भएका हुन् ।

भित्री सडक खण्ड फराकिलो बनाउनको लागि गाउँपालिकाको वडा नम्बर ५ स्थित आर्मीको अर्जुन बाँण गण घोडाबाँधेमा बाटो खन्न सहयोग गर्न गएका थिए । बाटो खन्न सहयोग गर्न गएका स्थानीय बाटो खन्दा खन्दै अचानक गएको पहिरो पुरिएपछि घाईते भएका प्रहरीले जनाएको छ ।

घाईते भएका तीनै जनालाई तत्काल उद्दार गरि उपचारको लागी अञ्चल अस्पताल धवलागिरी बागलुङ तर्फ पठाएकोमा घाइते मध्येका २ जनालाई थप उपचारका लागी काठमान्डौ पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds