अफगानको भिडन्तमा १४ प्रहरी अधिकृतसहित कम्तीमा २४ जनाको मृत्यु

अफगानको भिडन्तमा १४ प्रहरी अधिकृतसहित कम्तीमा २४ जनाको मृत्यु

afagan

अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत भएका छन् ।

समाचार अनुसार घाज्नी प्रान्तको राजधानी शहर घाज्नीको बाहिरी इलाकामा रहेको प्रहरी चेकपोस्टमा तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित नौ जना प्रहरी अधिकृत मारिएका छन् । आक्रमणमा अरु छ जना प्रहरी घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार धेरै जना तालिबानी लडाकू समेत जवाफी कारबाहीमा मारिएका छन् ।

बन्दुक र क्षेप्यास्त्र जडित ग्रिनेडबाट सुसज्जित तालिबानी लडाकूहरुले प्रहरी चेकपोस्टमा आक्रमण गरेका थिए । सुरक्षाफौजले आक्रमणकारीलाई लखेटेका थिए । उनीहरु जिल्ला प्रशासन कार्यालय नै कब्जामा लिने प्रयत्नमा थिए,’ हादी जमालले बताए । उक्त दुबै घटनाका बारेमा तालिबान र सरकारी पक्षको आधिकारिक भनाई सार्वजनिक भइसकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds