हृदयाघात भएका वृद्धलाई ट्याक्सीबाट झारेर भाग्ने चालक पक्राउ, बिरामीको बाटैमा मृत्यु [भिडियो]

हृदयाघात भएका वृद्धलाई ट्याक्सीबाट झारेर भाग्ने चालक पक्राउ, बिरामीको बाटैमा मृत्यु [भिडियो]

taxi

काठमाडौं– हृदयाघात भएका व्यक्तिलाई ट्याक्सीबाट बाटैमा झारेर फरार भएका ट्याक्सी चालक पक्राउ परेका   छन् ।  बिरामीलाई ट्याक्सीबाट झारेर फरार भएका चालक कमलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

घटना चैत १३ गते साढे ११ बजेको हो। अस्पतालमा उपचार गराएर गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल कारञ्जित ट्याक्सीमा घर फर्किंदै थिए। बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा बाबुलाई राखेर छोरा प्रवीण मोटरसाइकलमा घर फर्किएका थिए। ट्याक्सीमै हृदयाघात भएर छटपटिन थालेपछि चालक श्रेष्ठले जबरजस्ती ट्याक्सीबाट उनलाई चाबहिल चोकको भुइँमा झारेर फरार भएका थिए।

बिरामीलाई मेडिकेयर अस्पतालमा बटुवाले पुर्‍याएका थिए। अन्तत: उनको मृत्यु भयो । प्रहरीले सिसी टिभी फुटेजको आधारमा पहिचान गर्दै शुक्रबार पक्राउ गरेको हो।

समाचार स्रोत/नेपाल लाईभ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ