काठमाडौं – मेरियन नामक एक महिलाले द अब्जर्भर नामक पत्रिकामा छपाएको पाठकपत्रले अहिले हंगामा मच्चाइरहेको छ । चिट्ठीमा चार छोराकी आमा मेरियनले लेगिङ्स लगाउँदा युवती र महिलाको शारीरिक अंग प्रदर्शन हुने र पुरुषले उनीहरूलाई घुरेर हेर्ने लेखिन् ।
मेरियनको चिट्ठी सामाजिक सञ्जालमा अप्लोड गरिएपछि अनेकौं पुरुष र महिलाले उनलाई लैंगिक राजनीतिको ज्ञान दिए । मेरियनले चिट्ठीमा लेखेकी छन्, ‘मैले कसैको पनि अपमान गरेको हैन । आफूलाई मन लाग्ने कपडा लगाउने अधिकार सबैसँग छ । तर छोराहरूकी आमा भएको नाताले म यस्तो समस्याका बारेमा कुरा गर्नेछु जसको समाधान युवतीहरूले नै निकाल्न सक्छन् ।’
उनले भनिन्, ‘मसामु युवतीहरूको समूह छ । सबैले फिटिङ लेगिङ्स लगाएका छन् र छाटो टप लगाएका छन् । उनीहरूलाई हेर्दा उनीहरूले केही पनि नलगाएको र बडी पेन्ट गरेको जस्तो लाग्छ ।’ उनले थप लेखिन्, ‘आमा भएको नाताले म बच्चाहरूलाई सधैं सिकाउँछु, हरेक युवती कसैकी छोरी वा बहिनी हुन् । युवती र महिलाहरूलाई सधैं सम्मान दिनुपर्छ । तर हाम्रो फेशन उद्योगलाई कसैले किन प्रश्न गरिरहेको छैन ?
एक महिला हुनुको नाताले म यस्ता कपडा देखेर आफैं लज्जान्वित हुन्छु । हामी सबै आफ्नो शरीरको सम्मान गर्छौं त्यसैले नांगै घुम्दैनौं । यस्तो कपडा लगाउने महिलातर्फ नचाहे पनि दृष्टि पुग्छ ।’
मेरियनको चिट्ठीलाई दी अब्जर्भरले ओपेड पृष्ठमा प्रकाशित गरेपछि सामाजिक सञ्जालमा उनको विचारको विरोध भइरहेको छ । स्कूल र कलेजमा पढ्ने विद्यार्थीहरूले यसको विरोध गरिरहेका छन् ।
एजेन्सी
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम