एसईई परीक्षा अन्तर्गत प्रदेश–२ शनिबार हुन लागेको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको छ । प्रश्नपत्र प्रदेश २ को सामाजिक मामिला मन्त्रालयका उपसचिव ठूलबाबु दाहालको फेसबुक मेसेन्जरमा प्राप्त भएको हो।
यसअघि बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको प्रश्नपत्रसमेत बाहिरिएको थियो । परीक्षाको अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि शनिबारको परीक्षा तयारीबारे बुझ्न सम्बन्धित क्षेत्रमा खटिएका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवालाको टोलीले शनिबारको प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका हुन् ।
बिहीबार परीक्षा अगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा रद्द गरिएको थियो। आज हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र पनि आउट भएपछि परीक्षा नै स्थगित भएको छ। परीक्षा रद्द भएपछि आक्रोशित विद्यार्थीहरु प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरेका छन्।
कतिपय ठाउँमा प्रहरी र परीक्षार्थीबीच झडप भएको हो। सर्लाहीमा आक्रोशित परीक्षार्थी तोडफोडमा उत्रेपछि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहामा एक परीक्षार्थीलाई प्रहरीले कुटपिट गरेको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम