काठमाडौं । भार प्रसासित क्षेत्र जम्मू कश्मीरको बडगाममा शुक्रबार बिहान भएको भिडन्तमा सुरक्षाकर्मीले दुई जना आतंककारीलाई मारेको छ । बिहीबार पनि चार जना आतंककारीलाई सुरक्षाकर्मीले मारेको थियो । दिल्ली पुलिसका अनुसार चार जना सुरक्षाकर्मी घाइते भएका छन् ।
मारिएका दुवै जना जैश ए मोहम्मदका लडाकु भएको दावी भारतको छ । शोपियांमा सेनाको सीआरपीएफ र जम्मू कश्मीर पुलिसको संयुक्त टिम अपरेशनमा रहेको थियो । मुठभेड जारी रहेको बताइएको छ ।
भारतीय सुरक्षाकर्मीले कार्वाहीलाई तीव्रता दिने क्रममा गत मार्च २१ मा आतंकवादी समूह जैश–ए–मोहम्मदका सज्जाद खानलाई लालिकिलाको इलाकाबाट गिरफ्तार गरेको थियो । गत फेब्रुअरी १४ तारिखमा पुलवामा हमलापछि खान फरार रहेका थिए । खान भारतीय सुरक्षाकर्मी सीआरपीएफमाथि हमला गर्ने मास्टरमाइन्ड मुदस्सिर खानका खास मानिस रहेको दावी गरिएको छ ।
पुलवामा आक्रमणमा ४७ सुरक्षाकर्मीको ज्यान गएको थियो । बडगाममा अहिले पनि भिडन्त जारी रहेको सुरक्षाकर्मीलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले बताएका छन् । बडगामको सुतसू गाउँमा अझै पनि केही आतंकवादीहरु लुकिरहेको बताइन्छ । news source : hamrakura
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम