पोखरा । अहिलेसम्म प्रहरीले चालकले सवारी चलाउने क्रममा मादक पद्धार्थ सेवन (मापसे) गरेका छन् कि छैनन् ? जाँच्ने गर्थे । अब भने गाँजा सेवन गरे नगरेको पनि जाँच गरिने भएको छ । चालकले मुख आँ गरेर श्वास फेरे पुग्नेमा गाँजा सेवन गरेको शंका लागेमा प्रहरीले पिशाव नै फेर्न लगाउनेछ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा प्रहरीले पोखराको डाँडाको नाकमा बिहीबार लागुपदार्थ सेवन चेक गरेको हो । बिहिबार जम्मा १९ सवारी चालकलाई चेक गर्दा त्यसमध्य पाँच जनाले लागुपर्दार्थ सेवन गरेर सवारी चलाएको भेटिएका थिए । चेकिङबाट लागुपद्धार्थ सेवन गरेको पुष्टी भएका सबैलाई कानुनानुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

२ वर्ष अगाडि गाँजा खाएको पनि देखिने !
नयाँ प्रबिधि ल्याएसँगै अब सवारी चालकले दुई बर्ष अघि गाँजा खाएको समेत पत्ता लाग्ने भएको छ । बिगतका समयमा सवारी चालकको श्वास चेक गरेर मापसे गरे नगरेको पुष्टि गर्ने प्रहरीले अब चालकको पिशाव चेक गरेर दुई बर्ष अघि गाँजा खाएको कुरा समेत पत्ता लगाउने भएको हो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा प्रहरीले पोखराको डाँडाको नाकमा गरेको चेकिङमा पनि केहि चालकले ४-५ दिन अगाडी गाँजा खाएको प्रहरीले पत्ता लगाएको थियो । केहि समय अघि गाँजा सेवन गरेका सबैलाई तारेखमा छाडिएको प्रहरीले जनाएको छ । कुनै ब्यक्ति १-२ वर्ष अघि लागुपदार्थको प्रयोगकर्ता भएपनि प्रहरीले ल्याएको किटले सजिलै जानकारी दिन्छ ।

कुनै व्यक्तिले ४-५ दिन अघि लागुपदार्थ सेवन गरेको भए किटमा एउटा गाढा रातो धर्सा र अर्को एउटा फिका रातो धर्सा देखिने गर्दछ । झट्ट हेर्दा यो किट महिलाहरुले गर्भ रहे नरहेको जाँच गर्ने किट जस्तै देखिने गर्दछ ।

तस्बीरः समाचारपाटी
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने