ब्रुनाई– ब्रुनाईले समलैङ्गिक यौन सम्बन्ध राख्ने र व्यभिचारमा संलग्न रहनेलाई ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिने कानून ल्याएको छ । कट्टर इस्लामिक शरिया कानूनमा आधारित दक्षिणपूर्वी एशियाली मुलुक ब्रुनाईले समलैङ्गिकता र व्यभिचारमा संलग्नलाई ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिने नयाँ कानून ल्याएको हो ।
कानून औपचारिक रुपमा आगामी अप्रिल ३ बाट लागू हुने बताइएको छ । त्यसबाहेक नयाँ कानूनअनुसार चोरी गर्ने मानिसहरुको हातखुट्टा काटिने छ । सबै सजायहरु ‘मुसलमानहरुको समूहको प्रत्यक्ष रोहबरमा’ दिइने बताइएको छ ।
ब्रुनाईमा त्यसैपनि उग्र इस्लामिक शरिया कानून प्रचलनमा रहेको बताइन्छ । त्यहाँ मदिरा सेवन गर्न प्रतिबन्ध छ भने शुक्रबार नियमित प्रार्थानामा सहभागी नहुनेलाई पनि सजायको व्यवस्था छ । त्यस्तै, विवाहअघि बच्चा पाए पनि कठोर सजायको व्यवस्था गरिएको छ ।
ब्रुनाईले पछिल्लो समय आपराधिक कानूनमा थप कडाई गर्दै लगेको बताइन्छ । तर, त्यसको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरुबाट भने तीब्र आलोचना भइरहेको बताइएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते