पोखराका नाम चलेका साकाहारी रेस्टुरेन्टमा अनुगमन गरिएको छ । जिल्ला अनुगमन समितिको टोलीले महेन्द्रपुलको मारवाडी भोजनालय, न्युरोडको आँगन, सिर्जनाचोकको जयसवाल भोजनालय, सिमलचौरको अनमोल दूध सप्लायर्समा अनुगमन गरेको हो ।
टोलीमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, उपझोक्ता मञ्चका प्रतिनिधि सहभागी थिए । बाह्रैमास भीड लाग्ने मारवाडी भोजनालयमा दूषित तेलमा खानेकुरा बनाउने गरेको पाइएको छ । गुणस्तर मापन गर्ने मेसिनजडित गाडीसहित टोलीले अनुगमन गरेको थियो ।
एकपटक भाँडामा राखेको तेल पटकपटक तताएर खानेकुरा पकाएका कारण तेल अत्यधिक दूषित भएको खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी बताउँछन् । यस्तो तेलमा पकाएको खानाले जण्डिस हुने, भोक नलाग्ने, ग्यास्ट्रिक हुने लगायत समस्या देखिने अधिकृत सुवेदीको भनाइ छ । उक्त रेस्टुरेन्टमा बनाएको समोसा र तेल टोलीले नस्ट गरेको छ । भान्सासमेत फोहोर भएकाले सुधार्न टोलीले निर्देशन दिएको छ ।
भोजनालयलाई भान्छा सफा गरेर २ दिन भित्र खाद्य प्रविधि तथा डिभिजन तथा गुण नियन्त्रण कार्यालयमा सम्पर्क राख्न टोलीले निर्देशन दिएको छ । न्युरोडको आँगन रेस्टुरेन्टमा पनि बिग्रेको तेलमा खानेकुरा बनाएको पाइएको टोलीले बताएको छ । त्यहाँको केही तेल नष्ट गरिएको छ ।
यसैगरी सिर्जनाचोकमा रहेको जयससवाल भोजनालयमा समोसा जेरी लगायतका खानेकुरा पनि दुषित तेलमा बनाएको पाइएको छ । सिमलचौरको अनमोल दूध सप्लायर्सले अनुज्ञापत्र नलिइ घिउ उत्पादन गरेको भेटिएको छ ।
अनुगमनको क्रममा प्रयोग गरिएको घुम्ती प्रयोशाला गाडीमा मंगलबारको लागि मात्र पोखरा ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कार्यालय प्रमुख प्रशान्त पोख्रेलले बताए । नेपालमा उक्त गाडीमा अत्याधुनिक सामान जडान गरिएको कारण अनुगन गर्न सजिलो भएको उनको भनाइ थियो ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो