संघीय मामिला ताथा सामान्य प्रशासन मन्त्रलयले संघ, प्रदेश र स्थानीय निकाय गरी तीनवटै तहमा कर्मचारी समायोजनको प्रक्रिया टुंगोमा पुगेको घोषणा गरेको छ ।
मन्त्रालयले आज पत्रकार सम्मेलन गरी संघ, प्रदेश र स्थानीय तहका सबै निकायमा १ लाख ३१ कर्मचारीको समायोजन गरिएको जानकारी दिएको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार यस प्रक्रिया अन्तरगत कुल १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ भने त्यसमा ९७ हजार ५ सय ८८ कर्मचारीको समायोजन गरिएको छ।
मन्त्री पण्डिका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकोमा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन गरिएको छ। सातवटै प्रदेश गरेर २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत भएकोमा १३ हजार ८ सय २१ कर्मचारी समायोजन गरिएको छ। र, ७५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दी स्वीकृत भएकोमा ४३ हजार ८ सय ७ कर्मचारी समायोजन गरिएको छ।
सामान्य प्रशासनमन्त्री पण्डितले संविधानले दिइएको अधिकार अनुसार नयाँ ऐन बनाई कर्मचारी समायोजनको काम सम्पन्न भएको बताए । संघमा दरवन्दी घटाइंदै लगिने मन्त्री पण्डितले बताए।
संघमा समायोजन भएका कर्मचारीमध्ये सेवा निवृत्त भएमा सो पदपुर्तीका लागि दरवन्दी नखोलिने समेत मन्त्री पण्डितले स्पष्ट पारे । कुल स्वीकृत दरबन्दी मध्ये संघमा ३५, प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतको अनुपात रहेको छ । समायोजन पश्चात् तहमा अपुग रहेका कर्मचारी पूर्तिका लागि तीन वटै तहले छुट्टाछुट्टै रुपमा आवेदन खोल्न सक्ने कानुनी प्रावधान छ ।
सम्बन्धित खबर
अज्ञात समूहद्वारा गोली हानी एक युवकको हत्या
चोर भनेर प्रतिकार गर्दा छोराको मृत्यु, बाबुआमा घाइते
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत्
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
पशुपतिमा भक्तजनको मोबाइल चोर्ने गोरखाका २ जना १० थान मोबाइलसहित पक्राउ
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम