तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह टकलालाई जन्मकैद फैसला सुनाइएको छ । टकलासहित ७ जनालाई जिल्ला अदालत धनसषाले जन्मकैदको फैसला सुनाएको छ । अदालतका न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
जन्मकैदको फैसला टकलासहित अर्जुन सिंह भनिने मुकेश चोधरी, राजु मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेन्द्र कर्ण र दिपेन्द्र झालाई सुनाइएको हो । २०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामाचन्द चोकमा आन्दोलनको क्रममा बम विष्फोट हुँदा ५ जनाको ज्यान गएको थियो भने २५ जना घाइते भएका थिए । सोहि घटनामा टकला संलग्न रहेको आरोप लागेको थियो ।
पुरानो मुलुकी ऐन अनुसार जन्म कैद भनेको २० वर्ष कैद हुने व्यवस्था हो । तर कारागार नियमावालीमा भएको सुविधा अनुसार असल आचारणका कैदीहरुले ४० प्रतिशतसम्म कैद मिनाह पाउँछन् । धेरै जसो कैदीहरुले यो सुविधा लिएर १२ वर्षमा नै मुक्त हुने गरेका छन् ।
उनी २०६४ सालको चुनावमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वा्चित भएका थिए । यसैगरी २०७० को चुनावमा पनि उनी निर्वाचित भएका थिए । पहिलो संविधानसभाकै क्रममा उनी फोरम लोकतान्त्रिकबाट भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बनेका थिए । सो समयमा विजय कुमार गच्छदार भौतिक योजना तथा पूर्वाधार थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम