तनहुँ । तनहुँको दुलेगौंडामा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । पोखराबाट दमौली तर्फ आउदै गरेको ना ६ ख ८४११ नम्बरको बसको ठक्करबाट खत्रीको मृत्यु भएको हो ।
बसको ठक्करबाट शुक्लागण्डकी नगरपालिका वडा नं-५ बस्ने ७८ वर्षिया बृद्दा सावित्री खत्रिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
बसको ठक्कर पश्चात घाइते भएकी खत्रीलाई तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार पश्चात थप उपचारका लागि पोखरा पठाइएको थियो ।
खत्रीको उपचारको क्रममा पोखरा क्षेत्रिय अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते