सूर्य तिमिल्सिना । कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गरी घर बनाउन लगाउने मंगोलियन समूहका इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार सार्वजनिक जमिन अतिक्रमण गरी घर बनाएको भन्दै मंगोलियन समूहका इन्चार्ज शक्ति राईलाई प्रहरीले पक्राउ गरेको हो ।
‘मंगोलियन समूहका राईले झापा, धनकुटा, उदयपुर, भोजपुर, चितवन र गोरखासम्मका व्यक्तिलाई आरक्षको खाली जग्गामा घर बनाएर वस्ती नै बसाउने योजनाका साथ बोलाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । राईले आफू मंगोलयन समूहको प्रदेश २ इन्चार्ज भएको प्रहरी समक्ष बयान दिएका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गा अतिक्रमण गरेर घर बनाउने उद्देश्यले पूर्व देखि पश्चिम सम्मका व्यक्तिहरु दैनिक उपभोग्य सामाग्री, खाना पकाउने ग्याससहित बालबच्चा लिएर आएका थिए। आएका सयौं व्यक्तिलाई प्रहरीले धपाएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका १ वैरवा नजिक कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका पाँच सयभन्दा बढी व्यक्तिलाई प्रहरीले लखेटेको थियो ।
अतिक्रमण गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरी उनीहरुलाई आरक्षबाट लखेटेको हो । उनीहरुले नजिकैको मानव वस्तीमा आश्रय लिएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम