अमेरिकाले अबको पाँच वर्षभित्र चन्द्रमामा मानिस पठाउने लक्ष्य रहेको बताएको छ । अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले अन्तरिक्ष एजेन्सी नासालाई अबको पाँच वर्षभित्र अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाएको देख्न चाहेको बताएका हुन् ।
चीनले हालै रोबोटिक मिसनमा पाएको सफलताको उदहारण दिँदै उप–राष्ट्रपति पेन्सले चन्द्रमामा मानिस पठाउनु पर्ने बताएका हुन् । उनले भनेका छन्, ‘हामीले अहिले अन्तरिक्षको दौडमा छौँ, सन् १९६० को दशकमा जस्तै ।’
नासाले यसअघि नै चन्द्रमामा मानिस पठाउने तयारी थालेको थियो, तर उप–राष्ट्रपति पेन्सको घोषणाले समय सीमा नै तोकिदिएको छ ।
अलबामाको हट्सनभिलामा नेशनल स्पेस काउन्सिलको बैठकमा सहभागी भएका बेला पेन्सले चन्द्रमामा मानिस पठाउनु पर्नेमा जोड दिएका हुन् ।
उप–राष्ट्रपति पेन्सले भनेका छन्, ‘यो अहिलेको सरकार र अमेरिकाको नीति नै हो कि अमेरिकी अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पुनः पठाइने छ अबको पाँच वर्षभित्र । हामी २० औँ शताब्दीमा चन्द्रमामा पुग्ने पहिलो देश थियौँ, र २१ औँ शताब्दीमा पुनः चन्द्रमामा पाइला टेक्ने इतिहास पनि अमेरिकी अन्तरिक्ष यात्रीले लेखाउने छन् ।’
नासाले यो पटकका चन्द्रमाको लुनार साउथ पोललाई लक्षित गरेको छ, जहाँ हरेक समय अँध्यारो हुन्छ । यो पोलमा हिउँको रुपमा पानी पनि रहेको छ, यसलाई अन्तरिक्ष यानका लागि इन्धनको रुपमा प्रयोग गर्ने नासाको लक्ष्य छ । सन् १९६९ मा निल आर्मस्ट्रोङ्ग चन्द्रमामा पाइला टेक्ने पहिलो मानिस बनेका थिए ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रशासक जिम बर्डेन्स्टिनले ट्वीट गर्दै चुनौति स्वीकार रहेको र अबको समय काम गर्ने बेला आएको बताएका छन् । केहीले भने समय सीमा अति नै कम रहेको र चुनौतिपूर्ण पनि रहेको बताएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो