‘विप्लवको बन्दुक के र कसका लागि ?’

‘विप्लवको बन्दुक के र कसका लागि ?’

biplop mahobadi

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक अजेन्डा प्रस्ट नभएको बताएका छन् ।नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै महासचिव वैद्यले विप्लवको संघर्षको तरिका ठिक नभएको बताए ।

‘कुन तालको संघर्ष हो ?,’ उनले प्रश्न गरे, ‘राजनीतिक लाइन, दिशा, संघर्षको स्वरुप केही प्रस्ट    छैन ।’ विप्लवको भूमिगत हुने, बन्दुक उठाउने कुराले आफू दंग परेको उनको भनाई थियो । विप्लवको आफ्नो संघर्ष राज्यसत्ता, पुलिस, सेना कोहिविरुद्ध नभएको भन्दै आएको स्मरण गर्दै उनले प्रश्न गरे, ‘विप्लवको बन्दुक केका लागि, कसका लागि ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ