तनहुँ समाज युएईको आयोजनामा युएईमा साँस्कृतिक रमझम २०७६ हुने

तनहुँ समाज युएईको आयोजनामा युएईमा साँस्कृतिक रमझम २०७६ हुने

Tanahun Samaj UAE

तनहुँ । तनहुँ समाज युएईले नेपाली नयाँ बर्षको अवसरमा ‘नयाँ बर्ष साँस्कृतिक रमझम–२०७६ आयोजना गर्ने भएको छ ।

तनहुँ समाज यूएईको आयोजानमा मे ३ तारिखमा सँस्कृतिक रमझम कार्यक्रमको आयोजना गर्न लागिएको हो । गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिकोष स्थापनाको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक अम्मरराज पन्थीले बताए ।

काल्र्टन टावर होटल देरा दुर्वईमा कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक पन्थीले बताए । कार्यक्रममा तनहुँमा जन्मथलो भएर राष्ट्रिय स्तरमा चर्चित कलाकार लगातयको प्रस्तुती रहने तनहुँ समाज यूएईका अध्यक्ष कृष्ण पौडेलले बताए ।
कार्यक्रममा देवी घिर्तीमगर, राजु ढकाल, कला लम्साल लगातयको प्रस्तुति रहने समाजका अध्यक्ष पौडेले बताए । कार्यक्रममा लाखे नाँच,कौराह नाच, पञ्चेबाजा तथा लोक नृत्य रहने आयोजकले जनाएको छ ।

कार्यक्रमबाट बचत भएको रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष स्थापना गर्ने र समाजिक काम गर्ने भएकाले कार्यक्रममा सफल बनाउन सहयोग गर्न युएईमा रहेका नेपालीहरुमा आग्रह गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds