अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दायर गरेको विषय आजका सबै दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । अख्तियारले मंगलबार आफ्नै आयुक्तविरुद्ध पहिलोपटक यसरी मुद्दा दायर गरेको हो ।
यसबाहेक पूर्वाधार निर्माण अनियमितता, लगानी सम्मेलनसँग सम्बन्धित सामग्रीलाई पनि पत्रिकाहरूले समेटेका छन् । सामाजिक सुरक्षा भत्ताका लागि कैलालीका सेवाग्राहीले व्यहोर्दै आएको असुविधालाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, यहाँका स्थानीयले सामाजिक सुरक्षा भत्ताका लागि दिनभर लाममा लाग्नुपर्ने बाध्यता छ ।
अन्नपूर्णको भित्री पृष्ठमा ठेकेदार सांसद्ले बनाएको पुल हुरीले भत्काएको खबर छ । नुवाकोट र धादिङ जोड्न त्रिशूली नदीको केउरेनीमा निर्माणाधीन पुल हुरीका कारण भत्किएको हो ।
गल्छी गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ जोड्ने यो पुल सम्झौताअनुसार ०७४ असारसम्ममा निर्माण गरिसक्नुपर्ने थियो । ठेकेदारको ढिलासुस्तीका कारण एक वर्ष म्याद थप गरी निर्माण सम्पन्न गर्ने अन्तिम मिति ०७५ चचैतसम्म तोकिएको थियो ।
पुलका ठेकेदारबारे नयाँ पत्रिका दैनिकले बहालवाला सांसद् बहादुरसिंह लामाले उक्त पुलको ठेक्का लिएको उल्लेख गरेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो