पोखरा । आगामी १५ र १६ गते हुने लगानी सम्मेलनमा गण्डकी प्रदेशको १० योजना पेश हुने भएको छ । १० योजना लिएर गर्न लागेको लगानी सम्मेलनमा ४० वटा देशबाट ६२० विदेशी लगानीकर्ताले आउने प्रतिबद्धता जनाइसकेका छन् ।
नेपाल सरकारले राष्ट्रियस्तरमै महत्त्व राख्ने विभिन्न योजनाहरूमा लगानी गर्न लगानीकर्तालाई आग्रहसमेत गर्नेछ । उक्त लगानी सम्मेलनमा सरकारको तर्फबाट र निजी क्षेत्रको तर्फबाट गरेर गण्डकी प्रदेशबाट १० वटा योजनाहरू प्रस्तुत हुने भएका छन् ।
सम्मेलनका लागि गण्डकी सरकार र निजी क्षेत्रबाट पेश हुन लागेका योजनामा मनाङको स्की रिसोर्टदेखि कालीगण्डकी जलविद्युत् परियोजना हुँदै पोखरा-काठमाडौं-लुम्बिनी रेल मार्ग रहेको लगानी बोर्डले जनाएको छ । सम्मेलनमा गण्डकी प्रदेशका ६ वटा योजनाहरू प्राथमिकतामा परेका छन् ।
गण्डकी सरकारले नै आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको गण्डकी प्राविधिक विश्व विद्यालय, मनाङमा स्की रिसोर्ट सञ्चालन, कास्कीको हेम्जामा एकीकृत कृषि परियोजना, पोखरा–काठमाडौं–लुम्बिनी रेल, ताल तलैया पर्यटन परियोजना, तनहुँको दमौलीमा बहुउद्देश्यीय पर्यटन परियोजना गण्डकी प्रदेशलाई लक्षित गरेर पेश हुन लागेका छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो