७५१ स्थानीय तह संग ‘समुदाय–प्रहरी साझेदारी’ सम्झौता

७५१ स्थानीय तह संग ‘समुदाय–प्रहरी साझेदारी’ सम्झौता

samudaya prahari saajhedari

सूर्य तिमिल्सिना । नेपाल प्रहरीले अवलम्बन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अहिलेसम्म सात सय ५१ स्थानीय तहसँग सम्झौता भइसकेको छ । समाजमा हुने अपराध नियन्त्रणका गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले स्थानीय तहसँग सम्झौता ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सुरु गरिएको हो ।

नेपाल प्रहरीले करिब ६ महीना अघिदेखि सुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत हालसम्म ७४० स्थानीय तहमासमिति समेत गठन भइसकेको छ ।  ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, ७४० पालिका समिति, पाँच हजार २९३ वडा समिति, चार हजार ८८८ टोल समिति र पाँच हजार ८७४ विद्यालय सम्पर्क समिति गठन गरिएको छ ।

समुदायसँगको साझेदारीबाट मात्रै दिगो शान्ति सम्भव हुनेहुँदा समुदायका अन्य निकायसँग साझेदारीको आवश्यकतालाई महसुस गर्दै प्रहरीले उक्त अभियान सुरु गरेको थियो ।

सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने उद्देश्य राखेको यो कार्यक्रम अन्तर्गत प्रदेश नं १ मा एक हजार २७६, प्रदेश नं २ मा दुई हजार २४८, प्रदेश नं ३ मा दुई हजार ८३, प्रदेश नं ४ मा एक हजार ७४२ प्रदेश नं ५ मा तीन हजार १६९, कर्णली प्रदेशमा दुई हजार ३८८ र सुदूरपश्चिम प्रदेशमा दुई हजार १९५ वटा समिति गठन भएका छन् ।

नागरिक समाज, स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, विद्यालयसमेतको सहभागितामा कार्यक्रम थालिएको छ भने कार्यक्रम सञ्चालनका लागि १० हजार बढी प्रहरी कर्मचारीलाई प्रशिक्षण गराएर स्थानीय तहमा खटाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds