भात खाइखाइ स्लिम बन्न मन छ भने अपनाउनुहोस् यी फर्मूला

भात खाइखाइ स्लिम बन्न मन छ भने अपनाउनुहोस् यी फर्मूला

Rice

एजेन्सी– आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र ? हुन पनि हामीमध्ये धेरैले आफ्नो शरीरलाई फिट बनाउने चाहनामा भात खान छोडिरहेका पनि हुनसक्छौँ । एशियाली देशमा त झन् यो क्रम बढी हुन्छ । किनकि एशियामा सेतो चामलको भात खाने परम्परा छ ।

हामी नेपाली पनि दुई छाक भात नै खान खोजिरहेका हुन्छौँ । तर, हामीले खाने सेतो चामलको भातमा चाहिँ स्टार्च र क्यालोरी निकै धेरै हुन्छ । यसले ब्लड सुगर बढाउने मात्र होइन, मोटोपना पनि बढाउँछ । त्यसैले हामीले तौल घटाउनु पर्ने छ भने सेतो चामलको भात भन्दा ‘ब्राउन’ चामलको भात खान सक्छौँ ।

अमेरिकी तथ्याङ्कअनुसार १०० ग्राम पाकेको चामलमा १३० क्यालोरी र २८ ग्राम कार्बोहाइड्रेट हुन्छ । अनि हामीले खाने गरेको भातमा फाइबर र प्रोटिन हुँदैन । यसमा केही मात्रामा भिटामिन बी हुन्छ । त्यसैले तौल घटाउन मन हुनेहरुले अहिले नियमित खाइरहेको भात भन्दा काब्रोहाइड्रेट कम हुने चामलको प्रयोगलाई प्राथमिकता दिनुपर्छ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds