प्रतिबन्ध हटाउन सरकारलाई अल्टिमेटम दिँदै विप्लवको नेपाल बन्द घोषणा (विज्ञप्ति)

प्रतिबन्ध हटाउन सरकारलाई अल्टिमेटम दिँदै विप्लवको नेपाल बन्द घोषणा (विज्ञप्ति)

Capture

काठमाडौं– नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ । नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ । सो पार्टीका महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चैत मसान्तभित्र पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए सरकारका सबै कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

प्रतिबन्धको विरोधकाबीच पनि आफ्ना नेता कार्यकर्तामाथि धरपकड तीब्र पारेको भन्दै हेमन्त प्रकाश ओलीसहितका  पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको दवाव दिन चैत १६ गतेको लागि नेपाल बन्दको आह्वान समेत गरिएको विप्लवको विज्ञप्तिमा उल्लेख छ ।  यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ