एउटा ठट्यौली छ, ‘मदिरा पिउनु स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक छ ।’
हाम्रो समाजमा महिलाको तुलनामा पुरुषले बढी मदिरा पिउँछन् । कतिपय पुरुष के ठान्छन् भने, मदिरा पिउनु आफ्नो लैंगिक प्रवृत्ति हो । तर, महिला र पुरुषको शरीर संरचना उस्तो भिन्न हुन्न । मदिराले महिलालाई जति हानी गर्छ, उत्तिनै पुरुषलाई पनि । अक्सर के देखिन्छ भने, घरमा श्रीमती खानपिन तयार गर्ने र श्रीमान् चाहि मदिरा पिउन साथीभाई जमघट गर्ने ।
अब तपाईंले महिलाको ठाउँमा आफुलाई उभ्याउनुहोस् त । तपाईंका पार्टनर मस्त मदिरा पिएका छन्, साथीभाई जमघट गराएका छन् । उनीहरुको अर्डर अनुसारको खान्की तपाईंले तयार गरिदिनुपर्छ । कतिपय परिकार मिठो नभएको टिप्पणी पनि तपाईंले सुन्नुपर्छ । जुठो भाँडावर्तन तपाईंले उठाइदिनुपर्छ । उनीहरु हो-हल्ला गर्छन्, चुरोट तान्छन्, मदिराको गन्ध छँदैछ । यी सबै तपाईंले चुपचाप सहनुपर्छ ।
उनीहरु आफ्नो मर्जी अनुसार जति समय पनि रमाइलो गर्न सक्छन् । त्यसबेलासम्म तपाईं सहनसिल भएर चुपचाप उपस्थित हुनुपर्छ । जबकी तपाईंले केही खानुभयो ? तपाईंलाई दिक्क पो लाग्यो कि ? तपाईंलाई गाह्रो त भएन ? तपाईंलाई निद्रा लाग्यो ? यस्ता प्रश्नहरु कसैले सोध्दैनन् । पार्टनरले पनि ।
श्रीमान्का आफ्ना साथी-संगत हुन्छन् । उनीहरुसँगको भेटघाट, भलाकुसारी व्यर्थ नहुन पनि सक्छ । कहिले काहीँ रमाइलो गर्न मन लाग्छ । घरमै उनीहरुले यस्तो रमाइलो गर्ने योजना बनाएका हुनसक्छन् । तर, श्रीमान्ले रमाइलो गरिरहँदा, मदिरा सेवन गरिरहँदा त्यसले घरको वातावरणलाई कसरी विथोल्छ भन्ने कुरा पनि सोच्नुपर्ने हुन्छ ।
ठट्यौली सही, ‘मदिराले स्वास्थ्य र स्वास्नी दुबैलाई हानी गर्छ ।’
मदिरा कति हानिकारक ?
मदिरा सेवनले स्वास्थ्यमा गंभीर हानी गर्छ भन्ने कुरा संभवत मदिरा पिउने अधिकांशलाई थाहा छ । तर, पनि उनीहरु स्वास्थ्य भन्दा स्वादमा लोभिन्छन् । उनीहरु ठान्छन्, मदिराले कम्तीमा आनन्द दिन्छ । मुड प|mेस गराउँछ । रमाइलो गराउँछ ।तर, मदिराले दिने रमाइलोको आयु कति हुन्छ ?
दुई घण्टा ? तीन घण्टा ? चार घण्टा ? बढीमा पाँच घण्टा । मदिराले क्षणभरमै आनन्द दिने हो । तर, त्यसबाट जति आनन्द प्राप्त हुन्छ, उत्तिनै शारीरिक हानी पनि । अतः मदिराले गर्ने हानी हामीले जीवनभर भुक्तान गर्नुपर्छ । दुई घण्टा रमाइलो गर्न पिएको मदिराले जीवनभर कष्ट दिइरहन्छ ।
कम वा सन्तुलित मदिरा पिउनु घातक छैन ?
मदिरा पिउनेको अनेक वहाना हुन्छन् । कतिले यसलाई नियन्त्रित मात्रामा सेवन गर्दा फाइदा गर्छन् भन्छन् । कतिले अन्य खानेकुरा सलाद, फलफूलसँग सेवन गर्दा स्वास्थ्यलाई खास खराब गर्दैन भन्छन् । हालै एक अध्ययनको निचोड के निस्किएको छ भने, कम वा सन्तुलित मदिरा पनि स्वास्थ्यका लागि उत्तिनै हानिकारक छ ।
कम मात्रामा मदिरा सेवन गर्दा उच्च रक्तचापको संभावना बढ्नेछ । यस अध्ययनमा करिब १७ हजार व्यक्ति सामेल थिए । उनीहरुलाई तीन वटा समूहमा विभाजन गरियो । पहिलो समुह, जो पटक्कै मदिरा सेवन गर्दैनथे । दोस्रो समुह, जो हप्तामा ७ देखि १३ पटकसम्म मदिरा सेवन गर्थे । तोस्रो समुह, जो हप्तामा १४ पटकभन्दा बढी समय मदिरा सेवन गर्थे ।
यसको नतिजा उदेगलाग्दो थियो । स्टडी अनुसार हप्तामा ७ देखि १३ पटक मदिरा पिउने व्यक्तिहरुमा अधिक तनावको खतरा ५३ प्रतिशत थियो । उनीहरुको उच्चा रक्तचाप पनि पाइएको थियो । त्यसैगरी जो व्यक्ति हप्तामा १४ पटकभन्दा बढी मदिरा सेवन गर्छन्, उनीहरुको स्वास्थ्य अरु खराब थियो । उनीहरुमा तनावको खतरा ६९ प्रतिशत पाइयो । साथै उनीहरु उच्च रक्तचापको पनि जोखिममा थिए ।
भनिहालौ, मदिरा र उच्च रक्तचाप आपसमा जोडिएका हुन्छन् । मदिरा एक हाई इनर्जी डि्रंक हो, यसमा क्यालोरी एकदम धेरै हुन्छ । यसले कजेलो र मस्तिष्कलाई एकदम खराब गर्छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी