मस्को– क्रस्क्नोयस्क नामक एक रुसी सहरमा हालै देशमै पहिलो पटक थप्पड हान्ने प्रतियोगिता आयोजना गरियो । यस खेलको लागि एक पटकमा दुई प्रतियोगीलाई सहभागी गराइएको थियो । एउटा सानो टेबलमा एक अर्काको मुखामुख गरेर बसेका उनीहरुले पालैपालो प्रतिद्धन्दीलाई झापड हान्ने नियम बनाइएको थियो ।
थप्पड हान्ने क्रममा जसले विपक्षीलाई लडाउन सक्थ्यो, उ विजयी हुन्थ्यो । यो विवादास्पद कार्यक्रम रुसमा लोकप्रिय रहेको ‘साइबेरियन पावर शो’(साइबेरियन शक्ति प्रदर्शनी)को क्रममा आयोजना गरिएको थियो । उक्त प्रदर्शनी मार्च १६ र १७ मा क्रस्क्नोयस्कमा आयोजना भएको थियो ।
यस्तौ खेल अघिल्लो वर्ष राजधानी मस्को पनि आयोजना गरिएको थियो । तर त्यसमा भने व्यवसायीक खेलाडिलाई रमाइलोको लागि कसले सबैभन्दा कसेर थप्पड हान्न सक्ने भन्दै खेलाइएको थियो ।
तर यस प्रतियोगितामा भने आयोजकले प्रदर्शनीमा आएका जो कोहीलाई आफूलाई बलियो प्रमाणित गर्न पाउने अवसर दिएका थिए । खेलमा सहभागी अधिकाशं प्रदशनी हेर्न आएका आम मानिसहरु नै थिए । यसमा विजेताको लागि छुट्याइएको ३० हजार रुवलले पनि काम गरेको थियो ।
एक ‘वेटलिफ्टर’ भए प्रतियोगिताका विजयी
प्रतियोगितामा भ्यासिली कमोटस्की विजयी भएका छन् । उनी ‘वेटलिफ्टर (भारी तौल बोक्ने खेलाडी)’ भएको बताइएको छ । उनले आफ्ना प्रतिद्वन्दीलाई हानेको थप्पडको भिडियो भाइरल भएको छ । हालसम्म भिडियो १८.९ लाख पटक हेरिसकिएको छ ।
भिडियोमा भ्यासीलीले पहिलो थप्पडमै आफ्ना प्रतिद्वन्दीलाई झण्डै लडाइदिएका थिए । झापड खाएर धरमराएका प्रतिद्वन्दी छेउका मानिसको सहाराले सम्हालिको देखिन्छ । पुनः खेलमा फर्किएका प्रतिद्न्दीले दोस्रो थप्पड खाएपछि भने हार स्वीकारेका छन् । ‘साइबेरियन पावर सो’मा ‘वल्र्ड स्ट्रोङम्यान कप’ र ‘साइबेरियन डान्स कन्टेस्ट’जस्ता लोकप्रिय प्रतियोगिताहरु पनि आयोजना भयो ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध