पोखरा महानगरपालिका वडा नं. ५ अन्तर्गत धारापानी मार्गमा रहेका मापदण्ड विपरितका घरहरु भत्काउन जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, वडा नं. ५ को कार्यालय, नागरिक समाजको टोली सोमबार पुग्यो । स्थानीयको चर्को विरोध भयो । तरपनि केहि संरचना भत्काइएको छ ।
युवा व्यवसायी युवराज खतिवडा लगायतको घर मापदण्ड बिपरित र सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै यसअघि नै विवाद हुँदै आएको छ । पोखरा महानगरकै प्रबक्ता समेत रहको धनबहादुर नेपालीले आफूले चुनावकै बेला मिचेर बनाइएका संरचनाहरु भत्काउने बाचा अनुरुप काम थालनी गरेको बताए ।
महानगरको डोजर साथै महानगर प्रहरी घर भत्काउन जाँदा स्थानीयहरुको चर्को अबरोध भएपछि वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय कास्कीबाट उल्लेखनीय संख्यामा प्रहरी परिचान गरिएको थियो । वडा सदस्य अन्जु केसीसंगको व्यक्तिगत झगडाका कारण युवराज खतिवडाको घर भत्काईएको स्थानीयहरुको आरोप थियो । यद्यपी, वडाध्यक्ष धनबहादुर नेपालीका अनुसार यो कानुनी प्रकृया अनुसार नै भत्काईएको र बाँकी संरचनाहरु पनि यसैगरी भत्काईने स्पष्ट पारे । स्थानीय, प्रहरी र जनप्रतिनीहरुबीच भनाभन तथा हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो ।
हेर्नुहोस् भिडियोः
https://youtu.be/ssfyp5QAR_E
https://youtu.be/Cb9x09O9ReQ
सम्बन्धित खबर
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी