तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नं ३ ले वडाबाट घरको छतमा अर्ग्यानिक तरकारी खेतीको तालिम आइतवार देखि सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले बजार क्षेत्रमा अभियानको रुपमा कौशीखेती अभियान सञ्चालन गरी कुहिने फोहोरको व्यवस्थापन गरिने बताए । न्यौपानेले तालिम पश्चात अनुमगन गरिने र उत्कृष्ट ठहरिएका उपभोक्ताहरुलाई पुरस्कृत गरिने समेत बताएका छन ।

साथै न्यौपानेले नमुना अभियान सफल भएमा बजार क्षेत्रमा कौशि खेती कार्यक्रम आगामि वर्षबाट लागु गरिने समेत जानकारी दिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत वावुराम उप्रेतीले बजार क्षेत्रमा खेत गर्ने जमिनको अभाव हुने तथा फोहोरको व्यवस्थापनमा समेत सहयोग पुग्ने हुँदा दमौली वजारलाई लक्षित गरी तालिमको आयोजना गरिएको जानकारी दिए ।

घरमै खेती गर्दा स्वस्थ्कर तरकारीको मागलाई समेत सम्बोधन हुने उप्रेतिले बताए । तालिमको आयोजक वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र गण्डकी प्रदेशका निर्देशक एवं कार्यक्रमका सभापति राजेन्द्र बासुकलाले कास्कीबाट सुरु भएको यो अभियान तनहुँ हुँदै प्रदेशभर गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा वडा नं ३ का वडा सदस्य रबिन पौडेल, शान्ति नगर टोल विकास संस्थाका अध्यक्ष विनु श्रेष्ठ लगायतले बोलेका थिए । व्यास नगरपालिकाको वडा नं ३ बाट सुरु भएको ३ दिने तालिम शान्तिनगर टोल विकास संस्थाको भवनमा चलिरहेको छ भने तालिममा वडा नं ३ र ४ का गरी ३५ जना सहभागिता रहेको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते