मलेसियाले नयाँ स्वास्थ्य मापदण्ड पठायो, केही दिनमै कामदार लैजाने

मलेसियाले नयाँ स्वास्थ्य मापदण्ड पठायो, केही दिनमै कामदार लैजाने

Malaysia_Feature

पोखरा । मलेसियाले नयाँ स्वास्थ्य मापदण्ड पठाएपछि अब केहि दिनभित्रै रोजगारीका लागि नेपाली कामदार मलेसिया जान पाउने भएका छन् । पछिल्लो समय बेरोजगार नेपालीहरुका लागि रोजगारीको मुख्य गन्तव्य बनेको मलेसियामा बिगत ८ महिनादेखि रोजगार बन्द गरिएको थियो ।

अब भिसा र स्वास्थ्य परीक्षण लगायतका खर्च रोजगारदाता कम्पनीले आफैले व्यहोर्ने सहमति भएको छ । नेपाल र मलेसिया बिच भएको सहमति अनुसार अवैधानिक रूपमा खडा भएका बायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्थाका नाममा कामदारको अतिरिक्त शुल्क अब रोजगारदाताले नै तिर्नुपर्ने छ ।

व्यक्तिको स्वास्थ्य परीक्षण गर्न अव अन्तर्राष्ट्रिय मापदण्ड पुगेका स्वास्थ्य संस्थाले पनि पाउने भएका छन् । मलेसिया सरकारले श्रम मन्त्रालयलाई नयाँ मापदण्ड अनुसार स्वास्थ परीक्षणको संरचना पठाएको छ ।

मलेसियाका लागि कलिङ भिसा लगाए र ९ महिना अघि देखिर रोकिएका करिब १ लाख कामदार लैजाने विषयमा मलेसिया तयार भएको हो । मलेसियामा हाल ५ लाख नेपाली कामदार रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ