एसइइ दिँदै नेकपाकी सांसद चौधरी र अभिनेत्री मानन्धर

एसइइ दिँदै नेकपाकी सांसद चौधरी र अभिनेत्री मानन्धर

see

काठमाडौँ –  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी भएका छन् ।  चौधरीले दाङको तुल्सीपुरबाट परीक्षामा सहभागी हुँदैछिन् । उनि यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिँदै छिन्

नेकपाकी सचेतक चौधरी मुक्त कमैयाबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । खुला विद्यालय प्रणालीमा पढेकी चौधरीले ३८ वर्षको उमेरमा सेन्टर मावि तुल्सीपुर केन्द्रबाट परीक्षा दिँदैछिन् । उनले महेन्द्र मावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएर पढ्न थालेकी थिइन् ।

त्यसैगरी, अभिनेत्री मानन्धर पनि कक्षा ८ मा नै भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । उनी काठमाडौँको मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी हुन् । विद्यालयको नियमित विद्यार्थीको रुपमा उनले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ