अब मुख्यमन्त्रीहरु प्रधानमन्त्रीसँग संवाद गर्न संघीय राजधानी जानै पर्दैन

अब मुख्यमन्त्रीहरु प्रधानमन्त्रीसँग संवाद गर्न संघीय राजधानी जानै पर्दैन

52576464_440070126745290_700895274947575808_n

संकेतीक चित्र

  प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसँग समन्वय र राष्ट्रिय गौरवका आयोजनाको अवलोकन ‘एक्सन रुम’ बाटै गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तल्लो तलामा एक्सन रुम बनाउन थालिएको छ । प्रधाामन्त्री ओलीले ७ वटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न र ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्नका लागि एक्सन रुम बनाउन थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

४ करोड ४८ लाखमा बन्ने उक्त एक्सन रुम २ महीनाभित्र बनिसक्ने प्रवक्ता कुँवरले जानकारी दिए । एक्सन रुममा सञ्चालनका लागि प्रधानमन्त्री कार्यालयका प्राविधिक कर्मचारी रहनेछ । बोलपत्र आह्वान गरी शास्त्र नेटवर्क सोलुसनले उक्त रुम बनाउन थालेको हो । एक्सन रुममा बन्ने ‘टेलिप्रिजेन्ट’ प्रणालीमार्फत प्रधानमन्त्री ओलीले ७ वटै प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष बैठक गर्न सक्ने उनले बताए ।

सातवटै मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग बैठक गर्न मुख्यमन्त्रीको कार्यकक्षमा ‘भिडियो कन्फरेन्स’ बनाइनेछ । प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम र ७ वटै प्रदेशका मुख्य कार्यालयमा रहेको निर्माणमा हुने ‘भिडियो कन्फरेन्स’लाई एकापसमा नेटवर्किङ गरिनेछ । दुवैलाई एकापसमा नेटवर्किङमा जोडेपछि एक्सन रुपबाट प्रधामन्त्री र भिडियो कन्फरेन्स रुमबाट प्रदेश मुख्ममन्त्रीहरु आवश्यक परेको बेला बैठक बस्ने सक्नेछन् ।

‘प्रधानमन्त्री ओलीले ‘टेलिप्रिजेन्ट’को माध्यमबाट ७ वटै प्रदेशका मुख्यमन्त्रीसँग प्रत्यक्ष बैठक गर्न सक्नुहुन्छ,’ उनले भने, ‘एक्सन रुम बनेपछि मुख्यमन्त्री प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउनु पर्दैन ।’ उनका अनुसार प्रधानमन्त्री ओली र ७ वटै प्रदेशका मुख्यमन्त्रीबीच संघ र प्रदेश विषयमा छलफल गर्न सक्नेछन् । प्रधानमन्त्री कार्यालयमा एक्सन रुमबाट ७ वटै प्रदेश कार्यालयमा प्रदेश र संघबीच देखिएका समस्या समाधान गर्न सहज हुनेछ ।

‘टेलिप्रिजेन्ट’बाट प्रधानमन्त्री ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक र एकल बैठक बस्न सक्ने व्यवस्था गरिने प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले बताए । ‘भौतिक रुपमा प्रधानमन्त्री र मुख्यमन्त्रीसँगै नभए पनि वास्तविक जस्तै बैठक सञ्चालन हुनेछ,’ उनले भने, ‘प्रत्यक्ष रुपमा एकापसम कुरा गरे उहाँहरुबीच समसामयिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग एक्लाएक्लै वा सामूहिक बैठक बस्न सक्नुहुनेछ ।’ एक्सन रुपमा तीन वटा ५५ इन्चको टेलिभिजन, तीन वटा टेलिप्रिजेन्ट क्यामेरा र माइक (स्पिकर) जडान गरिनेछ ।

मुख्यमन्त्रीको कार्यालयमा बन्ने भिडियो कन्फरेन्स रुम एक वटा टेलिभिजन, क्यामेरा, माइक र कोडेक ९डाटा ट्रान्सफर गर्ने० रहनेछ । एक्सन रुममा अगाडि छ र पछाडि ८ गरी १४ जना बस्न मिल्ने र भिडियो कन्फरेन्स रुममा ३ जनासम्म बसेर बैठक सञ्चालन गर्न सकिनेछ । प्रधानमन्त्री कार्यालयमा रहेको माइक सेन्सरजडित रहेको हुनेछ । उक्त सेन्सर जडित माइकले जो बैठकमा बोलिरहेको हुन्छ एक्सन रुममा रहेको टेलिभिजनमा सोही व्यक्तिलाई देखाउने छ । जसले गर्दा आपसमा संवाद गर्न सजिलो हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ