विप्लवको पार्टीका प्रभावशाली नेता ओली पक्राउ

विप्लवको पार्टीका प्रभावशाली नेता ओली पक्राउ

hemanta-oli_

काठमाडौं : नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् ।  मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालका अनुसार ओलीसँगै  शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् ।

विप्वले पार्टीभित्र धेरै विश्वास गर्ने नेतामा ओली पर्छन् । उनकै योजनामा फागुन १० गते ललितपुरकाे नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ । विस्फोटमा एकजनाको मृत्यु भएको थियो ।

समाचार स्रोत /अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ