काठमाडौं । विवाह तथा अन्य किसिमको पार्टी तथा भोज केही विशेष किसिमको होस् भन्ने धेरैको चाहना हुन्छ । यस्तोमा केही मानिसहरुलाई भने आफ्नो पार्टीमा बलिउडका स्टारहरुलाई पनि बोलाउने इच्छा हुन्छ । उनीहरुलाई आफ्नो पार्टीमा नचाउने र रमाइलो गर्ने योजना पनि केही मानिसको हुन्छ ।
यस्तोमा भारतीय सेलिब्रेटीहरुले भने कुनै पार्टीमा गएको केही निश्चित शुल्क लिने गरेका छन् । साथै उनीहरुलाई पार्टीमा राम्रो सम्मान पनि दिनुपर्ने हुन्छ । कुन भारतीय स्टारले पार्टीमा गएको कति खर्च लिन्छन् त ?
१. शाहरुख खान
शाहरुख खानले कुनै पार्टीम सहभागी भएर नाचगान गरेको ३ करोड भारतीय रुपैयाँ शुल्क लिने गरेका छन् । उनी कुनै पनि समारोहमा जाँदा उक्त परिवारमा घुलमिल गरी वातावरण रमाइलो पनि बनाउने गरेका छन् ।
२. प्रियंका चोपडा
पछिल्लो समय नायिका प्रियंका चोपडा पनि व्यस्त नायिकामध्येकी एक हुन्। उनले कुनै पार्टीमा सरिक भएको २ करोड ५० लाख लिने गरेकी छिन्। यद्यपि पछिल्लो समय भने उनले आफ्नो मूल्य कम गर्दै १ करोड ५० लाख रुपैयाँ लिन थालेकी छिन्।
३. कट्रिना कैफ
भारतीय अभिनेत्री कट्रिना कैफले पनि कुनै विवाह पार्टीमा गएर नाचगान गरेको २ करोड ५० लाख रुपैयाँ शुल्क लिने गरेकी छिन्। पछिल्लो समय उनी फिल्मभन्दा बाहिरका कामहरुमा सक्रिय हुन थालेकी छिन्।
४. अक्षय कुमार
अक्षय कुमारलाई भने कुनै पार्टीमा बोलाउँदा निकै कम मात्र नाच्ने गर्छन्। उनको आगमनले माहोल नै छुट्टै हुने गर्छ। उनले एउटा पार्टीमा सहभागी भएको २ करोड ५० लाख लिने गर्छन् ।
५. रणवीर सिंह
रणवीर सिंह कुनै पार्टीमा जानको लागि १ करोडको शुल्क लिने गर्छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु