४५ वर्षीया नायिका करिष्मा एसइई परीक्षाको तयारी गर्दै

४५ वर्षीया नायिका करिष्मा एसइई परीक्षाको तयारी गर्दै

karishma-

नेपाली सिने क्षेत्रको सफल नायिका अहिले करिष्मा मानन्धर अहिले एसइईको परीक्षाको तरीमा लागि रहेकी छन् । व्यस्त जीवनशैलीबाट समय निकालेर ४५ वर्षीया नायिका केही वर्ष अ गाडी देखी विद्यालयमा भर्ना भएकी थिइन् । र यो वर्ष उनी एसइर्एको परीक्षाको जोडतोडको तयारीमा लागिरहेकी छन् ।

१४ वर्षको उमेरमा आफ्नो विद्यालय जीवनलाई छोडेर चलचित्रको रंगमा भिज्न पुगेकी उनी ४५ वर्षको उमेरमा फेरी त्यही बेन्च संग नाता गास्न पुगेकी छन् । कोसीस नै सफलताको पहिलो सिढी हो भन्ने करिष्मा यदि आफू असफल नै भए पनि दुख नमान्ने बताउँछिन्। सकारात्मक सोच भएकी उनी कुनै पनि कुरामा डराउन नहुने बताउँछिन् ।

महिलाहरु पछाडी पर्नुको कारण पनि शिक्षाको कमी नै हो भन्ने उनी शिक्षा जहिले पनि लिन सकिन्छ भन्ने सन्देश दिन पढाईलाई निरन्तरता दिएको बताउछिन् । पहिले गणित विषय अप्ठारो लाग्ने गरेको भए पनि अआज भोली भने उनलाई विज्ञान चाहिँ अप्ठारो हो भन्ने भान भएको बताउछिन् । हारको अगाडी जित हुन्छ भन्ने उनी चैत्र १० गतेबाट सुरु हुने एइईको परीक्षामा सामेल हुदैँ छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ