महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पराजित भएको छ । शुक्रबार नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो । विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजेदेखि सुरु भएको खेलमा भारतका लागि पहिलो गोल डालिमा चिभरले २६ औं मिनेटमा गरिन् ।
त्यस्तै सुरुमा भारतलाई दबाबमा राखेको नेपालले ३३ औं मिनेटमा बराबरी बनायो । नेपालका लागि सावित्री भण्डारीले गोल गरेकी थिइन् । यस्तै पहिलो हाफ एक÷एक को बराबरीमा सकिएपनि दोस्रो हाफको १३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । भारतका लागि ग्रासि डेग्मीले दोस्रो गोल गरेकी हुन् ।
त्यसपछि खेलमा फर्कने प्रयासमा रहेको नेपाललाई ७८ औं मिनेटमा अर्को धक्का लाग्यो । भारतका लागि ७८ औं मिनेटमा अञ्जु तामाङले तेस्रो गोल गरेकी हुन् ।
चौथोँ पटक फाइनलमा स्थान बनाएको नेपालको यस पटक पनि उपाधि जित्ने सपना चकनाचुर भयो । यसअघिका संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग हार्दै आएको थियो ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते