लखेटी लखेटी चिर्पटले हान्दै मान्छे कुटेर जनप्रतिनिधि फरार

लखेटी लखेटी चिर्पटले हान्दै मान्छे कुटेर जनप्रतिनिधि फरार

kutiye

दाङ । लखेटी लखेटी चिर्पटले हान्दै मानिस कुटेर दाङमा एक जना जनप्रतिनिधि फरार भएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं १९ का वडा सदस्य जंगबहादुर रोकाले वडा नं १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिर्पटले कुटेर फरार भएको समाचार सेतोपाटीले प्रकाशन गरेको छ ।

बिहीवार बेलुका ९ बजेतिर वडा सदस्य रोका, उनका भाइ इन्द्रबहादुर रोका,संजय विश्वकर्मा र सुरेश मगरले सुनारलाई लखेटी लेखेटी हात खुट्टा तथा चिर्पटले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न रहेका मध्य रोका र विश्वकर्मालाई पक्राउ गरेको तथा अन्यको खोजी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ