काठमाडौं– सैनिक मिडिया नीतिविपरीत हतियार बोकेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्ने एक सैनिक कारबाहीमा परेका छन् । मिडिया नीतिविपरीत सैनिक कुचीकार सूर्यनारायण यादवले सैनिक तथा सिभिल पोसाकमा विभिन्न हतियार तथा उपकरणहरु सहित खिचिएका तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेकाले उनलाई कारवाही गरेको समाचार जनप्रहारले छापेको छ ।
उक्त कार्यले सैनिकको मिडिया नीतिको बर्खिलाफ गरेको भन्दै नेपाली सेनाको जंगी अड्डाले कारबाही गरेको छ । उनलाई सैनिक अनुशासन तथा आचरणविपरीत काम गरेको भन्दै एकपटकका लागि सचेत गराइएको नेपाली सेनाले जनाएको छ ।
कुचीकार यादवले फेसबुमा पोस्ट गरेका उक्त तस्बिरहरु हटाउन लगाई फेसबुक अकाउन्टसमेत बन्द गराउन लगाइएको सेनाले जनाएको छ । उनी कार्यरत रहेको श्री रणचण्डी गणलाई समेत जंगी अड्डाले मिडिया नीतिको पूर्ण पालना गराउन निर्देशन दिएको छ ।
सुरक्षा निकायका मुख्यालयहरूले आफ्नो संगठनका कर्मचारीहरूका लागि आन्तरिक नीति बनाएका छन् । सामाजिक सञ्जालहरूमा अनावश्यक टीकाटिप्पणी गर्न नपाइने, देश–संगठन र कसैप्रति लक्षित गरी आफ्नो भनाइ राख्न नपाउने, संगठनको पोशाक लगाएर त्यस्ता फोटाहरू सामाजिक सञ्जालहरूमा प्रयोग गर्न नपाइने आदि आदि छन् ।
त्यसमाथि नेपाली सेनाले त पोशाक र हतियार देखाई त्यस्ता फोटाहरू फेसबुकलगायत सामाजिक सञ्जालहरूमा प्रयोग गर्न नपाइने नीति कडाइका साथ अवलम्बन गर्दै आएको छ । जुन कुरा प्रवक्तामार्फत् समेत बारम्बार सार्वजनिक भइरहेको छ तर नेपाली सेनाका एक सिपाहीले संगठनको नीति, निर्देशन विपरीत खुलेआम सैनिक पोशाकमा हतियार ताकेका र लिएका फोटाहरू सामाजिक सञ्जालमा खुलेआमरूपमा पोष्ट गरेका छन् । सैनिक जवान सूर्यनारायण यादवले यसरी हतियारसहित आफ्ना फोटाहरू फेसबुकवालमा प्रयोग गरेका छन् ।
भक्तपुरको खरिपाटीस्थित रणचण्डी गणमा कार्यरत रहेका जवान यादवले आफू उक्त गणको सिभिलमा खटिएको भन्दै हिँड्ने गरेका छन् । तर, उनले सार्वजनिक गरेका फोटाहरू हेर्दा लाग्छ कि उनीसँग जोकोही पनि तर्सनु पर्ने हो कि, जुन कुरा फोटा स्वयम्ले बोल्दछ ।
सम्बन्धित खबर
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग