किरणले जोगाए नेपाललाई कुवेतसँग हार्न

किरणले जोगाए नेपाललाई कुवेतसँग हार्न

nepal

गोलरक्षक किरण चेञ्जोङले एकपछि अर्को गरि उत्कृष्ट बचाउ गरेपछि नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ । बिहीबार कुवेतको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा किरणले आक्रामक खेलेको कुवेतको आधा दर्जन बढी प्रहारलाई विफल पारेका थिए। 

यस्तै ६१औं मिनेटमा कुवेतका कप्तान बाडेर अल मुतवा पेनाल्टीमा चुकेका थिए। नेपालका डब्यू गरेका खेलाडी अजित भण्डारीले डी बक्सभित्र विपक्षी खेलाडीलाई फउल गरेपछि कुवेतले पेनाल्टी पाएको   थियो ।

त्यसमा मुतवाले प्रहार गरेको पेनाल्टी आकाशियो। नेपालले १९ बर्षपछि कुवेतसँग बराबरी खेलेको हो। यसअघि सन् २००० मा एएफसी एसिया कपमा कुवेतले नेपाललाई ५-० गोलअन्तरले पराजित गरेको थियो।  नेपाली नयाँ प्रशिक्षक प्रशिक्षक योहान कालीनले राष्ट्रिय टोली सम्हालेयता यो उनको पहिलो खेल थियो।

यस खेलमा उनले ५ नेपाली खेलाडीलाई डेब्यू गराएका थिए। खेलमार्फतमा रवी पासवान, सन्तोष तामाङ, सुरज विक, अजित भण्डारी र विमल रानाले पहिलो पटक नेपाली जर्सी लगाए।  नेपालले दोस्रो खेल मार्च २५ तारिखमा खेल्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ