गुगलमाथि तेस्रो पटक जरिवाना साढे १ अर्ब युरो तिर्नु पर्ने

गुगलमाथि तेस्रो पटक जरिवाना साढे १ अर्ब युरो तिर्नु पर्ने

google_

काठमाडौं – युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ । यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो ।

कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक हो ।

गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले विज्ञापनबाट अर्बौँ डलर आय गरिरहेको छ र सन् २०१८ मा विज्ञापनमा यसको कर तिर्नुपूर्वको मुनाफा ३० अर्ब ७० करोड डलर पुगेको थियो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ