इशारा गर्ने आँखालाई हेरेर राजमार्गमा गुड्ने गाडीहरु प्राय यहाँ शिथिल हुन्छन् । गाजल भरिएका आँखा, श्रृंगारले सजिएका चेहरा, चम्किला कपडा बेरिएका सयाैं शरिरहरु यी सडकमा कसैलाई पर्खिरहेका हुन्छन् । मध्यप्रदेशको मन्दसौरबाट न्युमोचतर्फ जाने हाइवेमा देखिने यो दृश्य सामान्य हो । थाहा छैन, यो बजारमा हरेक दिन कति युवतीहरु केही सय रुपैयाँका लागि आफ्नो ज्यान दाउमा लगाउँछन् ।
हिना पनि यी मध्ये एक हुन, जो १५ वर्षको उमेरमा वेश्यावृत्तिको दलदलमा धकेलिइन् । उनलाई वेश्यावृत्तिमा धकेल्ने अरु कोही नभएर उनकै आफन्त थिए ।
हिना बाल्यकालदेखि नै आफ्ना वरिपरिका दिदीबहिनीले यो काम गरेको देख्थिन् तर उनले कहिले सोचेकी थिइन्, यस्तो समय पनि आउला र उनी स्वंय ती युवतीहरुसँग सडक किनारामा कसैलाई पर्खिँदै उभिनेछिन् ।
उनी बताउँथिन् ‘रिस उठ्थ्यो, एकदम नराम्रो लाग्थ्यो, पीडा हुन्थ्यो तर बाध्यताका कारण यो सब गर्नुपथ्र्यो । नगरे के खाने ? धेरै युवतीहरु थिए, जसलाई यौन रोग पनि लाग्यो ।’
हिनाले निकै रोइन्, कराइन्, विरोध गरिन्, अस्वीकार गरिन् । ‘जब मैले भनें कि म पढ्न चाहन्छु, तर मलाई उनीहरुले हाम्रो परम्परा भन्दै देहव्यापारमा लगाए ।’ फेरि नमानेपछि भनियो तिम्री आमा, हजुरआमाले पनि यही काम गरेका थिए । अन्त्यमा उनलाई दुई रोटी दिइयो । हिनाको आँखा अगाडि उनका साना–साना भाइबहिनीका अनुहार घुम्न थाले । आखिर उनले सम्झौता गरिन् ।
परम्परा
हिना बाछडा समुदायकी युवती हुन् । यो समुदायका छोरीलाई परम्परा भन्दै सानै उमेरमै देह व्यापारको दलदलमा धकेलिन्छ । गाउँका एक बुजुर्ग बाबुलाल भन्छन् ‘बाछडा समुदायमा छोरीलाई वेश्यावृत्तिमा लगाउनु हाम्रो परम्पराको एक अंश हो र यो सदियौंदेखि चलिआएको छ ।’
बाबुलाल पुरानाे एक किस्सा सुनाउँदै भन्छन् ‘पहिला बाछडा समुदायका व्यक्तिहरु एकै ठाउँमा बस्दैंनथे । एक रात कतै बस्थें, फेरि अर्को रात उनीहरुको डेरा अन्तै हुन्थ्यो । एक पटक कहिँ चोरी भयो र प्रहरीले हाम्रो समुदायका व्यक्तिलाई समात्यो । त्योबेला प्रहरीका हाकिमको नजर हाम्री एक छोरीमाथि पर्यो । ती निकै सुन्दर थिइन् । उसले भन्यो एक रात मलाई यी युवतीसँग बस्न देओ र यसपछि गाउँ छोडेर जाओ ।’
बाबुलालले भने ‘त्यो दिन ती युवतीले आफ्ना बुबा–हजुरबुबाको ज्यान बचाइन् । त्यसपछि हाम्रो समुदायमा महिलाले ज्यान बचाउँछन् भन्ने धारणा बस्यो । हाम्रा पुर्खाले चोरीका कुनै काम गरेका थिएनन् तर उनीहरुमाथि झुठा आरोप लगाएको थियो । ठिक यहीँबाट छोरीहरु कुनै पनि समस्याको समाधान निकाल्छन् भन्ने आधारमा यो परम्पराको सुरुवात भयो ।’
यो समुदायका महिलालाई वेश्यावृत्तिबाट निकाल्ने काम गरेका आकाश चौहान बताउँछन् ‘मध्यप्रदेशको न्युमोच–मन्दसौर–रतलाममा बाछडा समुदायको ७२ गाउँ छ, जहाँ ६८ गाउँमा खुलेआम देशव्यापार हुन्छ ।’ उनका अनुसार करिब ३५ हजार जनसंख्या भएको समुदायमा लगभग ७ हजार महिला देहव्यापार गर्छन्, जसमा करिब २ हजार नाबालिग छन् ।
समुदायमा १० देखि १२ वर्षका बालिकालाई आफ्ना बुबा–आमाले जबरजस्ती देहव्यापारमा लगाएका छन् । एक युवतीसँग एक दिनमा करिब १० देखि १२ ग्राहक आउँछन् । उनी एक दिनमा दुई हजार रुपैयाँ कमाउँछिन् । हिना पनि यही परिस्थितिबाट गुज्रिरहेकी थिइन् । यसैबीच उनले छोरीको जन्म दिइन् । उनले सोचिन् म आफ्नी छोरीलाई यो पेशामा आउन दिनेछैन् ।
उनी बताउँथिन् ‘रिस उठ्थ्यो, एकदम नराम्रो लाग्थ्यो, पीडा हुन्थ्यो तर बाध्यताका कारण यो सब गर्नुपथ्र्यो । नगरे के खाने ? धेरै युवतीहरु थिए, जसलाई यौन रोग पनि लाग्यो ।’ ‘गर्भवती हुन्छु कि भन्ने पनि डर थियो, यसका बावजुद पनि धेरै युवतीको सानै उमेरमा छोराछोरी भए ।’
हिना भन्छिन् ‘यो क्रममा एक गैर–सरकारी संस्था ‘जन साहस’ को बारेमा थाहा भयो । यो संस्थाले युवतीलाई वेश्यावृत्तिबाट निकाल्न सहयोग गर्ने रहेछ । यसका व्यक्तिहरु बाछडा समुदायका युवतीलाई भेटेर सम्झाउने गर्थे ।’
हिनाले यो संस्थाका सदस्यहरुसँग भेटिन् र भनिन् ‘म देहव्यापार गर्न चाहन्न ।’ हिनालाई यो संस्थाले देहव्यापारबाट छुटाएर अन्तै जागीर पनि दियो । हिना देहव्यापार छोडेर विस्तारै अरु काममा स्थापित हुन थालिन् । यसपछि उनले आफूजस्तै अरुलाई पनि यो पेशाबाट अलग गराउने प्रयास गर्न थालिन् ।
हिनाले अहिले आफ्ना समुदायका अरु युवतीलाई यो कुप्रथाको दलदलबाट निकाल्न सहयोग गरिरहेकी छन् । हिना भन्छिन् ‘म निस्किएँ, अब अरुलाई पनि निकाल्छु । म चाहन्छु, यो परम्पराको अन्त्य होस् ।’
हिना अब आफ्नो समुदायका अरु महिलालाई पढाईको बहानामा देहव्यापारबाट बाहिर निकाल्न सहयोग गर्छिन् ।
उनी भन्छिन् ‘हामी यसका लागि युवतीको घर जान्छौं, हामी सिधै यसको विरोध गर्दैनौं, काम छोड् भन्दैनौं, किनकी उनका घरपरिवारले हाम्रो विराध गर्छन् । यो काम निकै मुश्किल छ, पटक–पटक उनको घर जान्छौं । उनीहरुलाई पढाई सुरु गर्न भन्छौं, कतिपय युवतीलाई छुट्टै भेटेर पनि कुरा गर्छौं ।’
हिनाको प्रयासले अहिलेसम्म केही महिलाहरु यो कुचक्रबाट बाहिर आएका छन् तर पनि धेरै यसमा फसिरहेका छन् ।
यो कुप्रथा अन्त्य गर्न मध्यप्रदेशको सरकारले १९९३ मा जबाली योजना सुरु गर्ने घोषणा गरेको थियो ।
जसमा यो समुदायका व्यक्तिलाई जनचेतना जगाउने, शिक्षाको विस्तार गर्ने र सीपमुलक तालिम प्रदान गर्ने योजना बनाएपनि अहिलेसम्म यो लागू भएको छैन् ।
बिबिसी हिन्दीबाट अनुवाद गरिएकाे ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते