काठमाडौं–देशभर निर्माणाधीन अवस्थामा रहेका पुल तिनीहरुको अवस्था, पुलका कारण जनताले पाएको सास्तीलगायतका विषयलाई समेटेर नयाँपत्रिकाले नियमित खबरहरु प्रकाशन गर्दै आएको छ । आज खबरहरु प्रकाशन गर्दै आएको छ । आज ‘२४ करोडको पुलमा पिलर मात्र सँगैको काठेपुल तर्दा जनताबाट असुली’ शीर्षकमा नयाँ पत्रिकाले समाचार छापेको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा दोदा नदीमाथि ०७२ सालमा निर्माण शुरु भएको पुल अहिले अलपत्र छ । २४ करोडमा सम्झौता भएको पुलमा पिलर मात्र छन् । छेउमा बनाइएको काठेपुलबाट नदी पार गर्नुपर्ने स्थानीयको बाध्यता छ । त्यो नदी पार गर्न उनीहरुले पैसा तिर्नुपर्छ। सरकारले बनाउने पुल अलपत्र परेका कारण काठेपुलको प्रयोग गर्नुपरेको र वर्खा लाग्ने बित्तिकै बाढीले पुल बगाउने हुँदा अर्को बनाउनका लागि पुल तर्ने व्यक्तिबाटै रकम उठाउनुपर्ने अवस्था आएको स्थानीयको भनाई छ ।
त्यस्तै रुपन्देहीमा ६ करोठको पुल निर्माण शुरु भएको ९ वर्ष पुगेको छ । जसले ९ वर्षको अवधिमा बगरमा पुल बनाएको छ तर, खोलामाथि भने खाली छ । कञ्चनपुरमा ४१ पुल बनाउन २५ अर्ब बजेट बिनियोजन भएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो