म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजाको प्रवेशद्धारमै रहेको ‘सानो फेवाताल’को नामले चिनिने दह तालको संरक्षणमा स्थानीयले चासो देखाएपनि पर्यटकको पर्खाइमा रहेको छ । तलको बीचमा गाउँ र प्रकृतिको हरियो विम्ब (छायाँ) देखिने ताल निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसारका साथै आवश्यक भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको ताल संरक्षण समितिका अध्यक्ष कुलबहादुर थापाले बताए ।
उहाँका अनुसार आर्थिक सहयोगले तारबार सहित केही संरचना बनाएपनि तालमा स्नान गर्न मिल्ने गरी आसपासका क्षेत्रमा साईकिलिङको सुविधालाई समेत मध्यनजर गरेर पूर्वाधारको आवश्यकता रहेको छ । नीलो रङ्गको तालको बीचमा अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षण रहेको छ । तालको बीचमा रहेको बराहलाई पोखराको फेवातालमा रहेको बराह देवताको भाईको रुपमा समेत चिनिन्छ ।
ताल र बराहथानको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा गाउँको पुछारमा अवस्थित यो ताल धार्मिक पर्यटकीयस्थल बन्नसक्ने त्यहाँ घुम्न गएका बेनीका नरेश श्रेष्ठले बताए ।
श्रेष्ठले तालका बारेमा जानकारी पाएपछि घुम्न आएको बताउँदै ताल देखेर उत्साहित भएको प्रतिक्रिया समेत दिनुभयो । साथीहरुलाई समेत घुम्न जान अनुरोध गर्ने उहाँको भनाइ थियो । प्रत्येक वर्षको बालाचतुर्दशीका दिन तालमा भक्तजनको निकै ठूलो भीड लाग्ने भएपनि अन्य समयमा सुनसान हुने गर्छ । दह ताल करिब पाँचसय बर्ग्मिटर क्षेत्रफलमा फैलिएको छ ।
ध्रुबसागर शर्मा /ढोरपाटन न्यूज
सम्बन्धित खबर
सुन्तला बेचेर बर्सेनि ४५ लाख कमाउँछन् पर्वतका पूर्व शिक्षक
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
झोलुङ्गे पुलले यात्राअवधि छोटियो
म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो