तेहरान : आधुनिक युगसँगै मान्छेहरु धेरै चिजलाई आवस्यकता भन्दा पनि विलाशीको रुपमा प्रयोग गर्छन् । जस्तो कि, फ्रिजभित्र राखिएको खाना खानु, नयाँ डिजाइनको जुत्ता लगाउनु, नियमित स्नान गर्नु जस्ता कुरा विलाशी जस्ता देखिएका छन् ।तर एक इरानी बृद्धको अनौठो जीवनशैली चाहिँ पढ्न नछुटाउँ ।
उल्लिखित वस्तुप्रति ती बृद्धले कसरी हेर्छन् भन्ने कुरा थाहा पाउँदा धेरैको मनस्थिति परिवर्तन भइसकेको हुनसक्छ । इरानको देज्जाहमा बस्दैआएका उनले ६० वर्षदेखि यस्तै जीवनशैली अपनाउँदै आएका हुन् ।उनी मरेका जंगली जनावरको मासु खाने बताउँछन् ।

अमोउ हाजी नामका ८० वर्षे इरानी मजदुर, जो ६० वर्षयता नुहाएकै छैनन् । र अनौठो त, नुहायो भने बिरामी भइन्छ भन्ने उनको बुझाइ छ । आम मान्छेको भन्दा कठिन जीवनशैली छ उनको । उनको जीवनशैली स्वस्थ छ भनेर त भन्न सकिँदैन, तर यसै गरी उनले ८० वर्ष बिताइसकेका छन् ।

उनी दिनमा पाँचवटा चुरोट सेवन गर्छन् । तर पालैपालो हैन, पाँचैवटा चुरोट एकैपल्टमा पिउँछन् । र धुवाँको मुस्लो निकाल्छन् । उनी बेला बेला कपाल छोटो त पार्छन्, तर कैँची वा ब्लेडले हैन । आगोले पोलेर कपाल छोटो बनाउँछन् ।


बजनीक डटकमले तयार पारेको उक्त रिपोर्ट अहिले सामाजिक संजालमा पनि चर्चित बनेको छ । यदी कसैले उनको जस्तै जीवन यापन गर्न खोज्यो भने पक्कै त्यो सम्भव हुने छैन । तर अपवादको रुपमा उनको यस्तो अनौठो जीवनशैली सामान्य तरिकाले नै चल्दैआएको छ ।




सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध