भिडियो कलबाटै बलात्कारी अभियुक्तको बयान

भिडियो कलबाटै बलात्कारी अभियुक्तको बयान

video-confrencejaildang-2032019054609-1000×0

दाङ — १३ वर्षीया किशोरी बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका १७ वर्षीय किशोरबारे अनुसन्धान गर्न थप ५ दिनको म्याद म्याग्दै प्रहरीले जिल्ला अदालतमा भिडियो कल गर्‍यो  । वेब क्यामेराअघि रहेका जिल्ला न्यायाधीश हेमन्त रावलले अभियुक्त किशोरसँग भिडियोमै कुरा गरे  ।

घटनामा संलग्न भए/नभएको सोधे । प्रहरीको व्यवहार, घरपरिवारलाई भेट्न पाए/नपाएकोबारे जानकारी लिए । मुद्दा हेर्ने प्रहरी अधिकारीसँग पनि कुरा गरे ।

‘यसअघि दिएको पाँच दिनको समयमा उक्त मुद्दाबारे के–के काम भयो, अब किन समय चाहियो ?’ न्यायाधीश रावलले प्रहरी अधिकारीलाई सोधे, ‘अझै अनुसन्धानका लागि समय चाहिने भए थप चार दिनको म्याद थप भयो । उक्त समयभित्र सबै काम सक्नू ।’

देउखुरी जिल्ला अदालतमा अभियुक्तले प्रहरी कार्यालयबाटै भिडियो कलमार्फत बयान दिन सकिने प्रविधि सुरु भएपछि यसरी म्याद थपियो । म्याद थप्नकै लागि एक अभियुक्तको पछाडि दिनभरि नै ५/६ जना प्रहरी लाग्नुपर्ने झन्झटबाट मुक्ति दिन यो व्यवस्थाले सहयोग पुर्‍याएको रावलले बताए । यो खबर कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ