११ बर्षीय बहिनीको बलात्कारपछि हत्या

११ बर्षीय बहिनीको बलात्कारपछि हत्या

Rape

राजविराज : कोठामा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका-९ की ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । बलात्कारपछि अरूले घटना थाहा नपाउन भनेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको सप्तरी प्रहरीले जनाएको छ ।

बलात्कारपछि बालिकाको हत्या गर्ने अरू कोही नभएर उनकै दाजु हुन्। बलात्कारपछि मारिएकी बालिका अभियुक्तका सहोदर काकाकी छोरी हुन्। घटनाअनुसार टाउको दुखेर बिरामी बालिका आफ्नै कोठामा सुतेकी थिइन्। घरमा कोही नभएका बेला कोठामा प्रवेश गरेका १८ बर्से राजदेव मण्डलले टाउको सुम्सुम्याउँदै मुख थुनेर ०७४ माघ २५ गते साँझ कुकृत्य गरे।

उनी घरमा प्रवेश गरेको र घरबाट निस्केको छिमेकीहरूले देखे पनि घरपरिवारकै मानिसमाथि कसैले शंका गरेनन्। मुख थुनेर बलात्कार गरेपछि रुन थालेकी बालिकाको आवाज अरूले नसुनुन् भनेर पीडितकै कुर्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको इन्स्पेक्टर हरिविष्णु ढकालले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ