गोल्डेन बुटकाे दाबेदार बन्दै एमबाप्पे

गोल्डेन बुटकाे दाबेदार बन्दै एमबाप्पे

golden but

एजेन्सी – यस सिजनको गोल्डेन बुटको दौडमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सी अगाडि छन् । ला लिगामा रियल बेटिसविरुद्ध ह्याट्रिक गरेसँगै उनले आफ्नो गोल संख्या बढाए ।

अहिले स्पेनिस ला लिगाका २८ खेल सकिँदा मेस्सीले कूल २९ गोल गरिसकेका छन् । उनी युराेपको लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको शीर्ष सूचीमा छन् । ला लिगामा १० खेल बाँकी रहेकाले मेस्सीले अझै अगाडि बढ्ने अनुमान गरिएको छ ।

३१ वर्षीय मेस्सी यस पटक गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । उता, मेस्सीलाई फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पेले टक्कर दिइरहेका छन् । दोस्रो स्थानमा रहेको एमबाप्पेले मेस्सीलाई टक्कर दिने अनुमान गरिएको हाे ।

२० वर्षीय एमबाप्पेले २६ गोल गरिसकेका छन् । एमबाप्पे मेस्सीसँग केवल ३ गोलले मात्र पछि छन् । फ्रेन्च लिग वानमा पनि अब १० खेल बाँकी छ । अन्य खेलाडी मेस्सीभन्दा निकैपछि छन् । तेस्रो नम्बरमा इटालियन क्लब साम्पडोरियका फाबियो क्वाग्लिएरिल्ला छन् । उनले २१ गोल गरेका छन् । चौथोँ नम्बरमा इटालियन युभेन्टसका क्रिस्यिानो रोनाल्डो छन् । रोनाल्डोले हालसम्म १९ गोल गरेका छन् । सिरीए मा पनि अब १० खेल नै खेल्न बाँकी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ