जब प्रहरीकै दुई भ्यान एकआपसमा ठोक्कियो (फोटो फिचर)

जब प्रहरीकै दुई भ्यान एकआपसमा ठोक्कियो (फोटो फिचर)

police_4_SIPjGEGPpf

बैतडीमा प्रहरीका दुई भ्यान ठोक्किएका छन्। इलाका प्रहरी कार्यालय पाटन, बैतडीको बा १ झ १२३९ नम्बरको भ्यान र जिल्ला प्रहरी कार्यालय दार्चुलाको ना १ झ ५८५ नम्बरको भ्यान ठोक्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मंगलबार बेलुका ७ बजे दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका(४ कठपतेमा टोक्किएका भ्यानहरुमा दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाही र इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटी रहेका थिए।

दुर्घटनामा परेका सबै प्रहरीलाई सामान्य चोटपटक लाग्नुबाहेक अन्य ठूलो क्षति नभएको तथा ठोक्किएका दुवै भ्यानहरुको अघिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ