तनहुँ हलेदीमा दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

तनहुँ हलेदीमा दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

bike

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी–२ हलेदीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । मंगलबार राति ८ बजेतिर ना ४६ प ५५१४ नम्बरको मोटरसाइकललाई बा ४ ख ७१० नम्बरको ट्रकले ठक्कर दिदाँ अर्घाखाँचीका नन्द कुमार श्रेष्ठको मृत्यु भएको छ ।

सडकमा रहेको खाल्डो छल्ने क्रममा ट्रकले ठक्कर दिएपछि गम्भिर घाईते श्रेष्ठलाई उपचारको लागि जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरामा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

सडकको खाल्डो छल्न खोज्दा ट्रकको पछाडिको टायरले मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ तनहुँ ट्राफिक प्रहरी प्रमुख पूर्ण अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ