द्वन्द्वकालीन घटनाका ‘दोषी’लाई कारबाहीको माग गर्दै राष्ट्र संघ पुगे गोविन्द केसी, होला त कारवाही ?

द्वन्द्वकालीन घटनाका ‘दोषी’लाई कारबाहीको माग गर्दै राष्ट्र संघ पुगे गोविन्द केसी, होला त कारवाही ?

Govind_KC_Un_gyapan

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका गोविन्द केसीले अब द्वन्द्वकालीन घटनाको विषयलाई पनि आफ्नो एजेण्डा  बनाएका छन् ।

डा. केसीले अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रितम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सिनाको समर्थनमा द्वन्द्वकालीन घटनाका ‘दोषी’लाई कारबाहीको माग गर्दै अभियान्ता डा गोविन्द्र केसीले जनआन्दोलनको घटनामा दोषी रहेकालाई कारबाहीको माग गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।

डा केसीले बुझाएको ज्ञापन पत्रमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा १७ हजारको ‘हत्या गरिएको’ भन्दै यसमा दोषी रहेका व्यक्तिलाई कारबाही हुनुपर्ने विषय उल्लेख गरिएको छ ।यो समाचार खबरहवबाट साभार गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ