प्रहरी र विप्लव समूहबीच गोली हानाहान, दुई जना बम विज्ञ पक्राउ

प्रहरी र विप्लव समूहबीच गोली हानाहान, दुई जना बम विज्ञ पक्राउ

Can-You-Tell-What-Happens

काभ्रे –  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच काभ्रेमा गोली हानाहान भएको छ। काभ्रेको रोसी गाउँपालिका- २ मा  दुवै पक्षबीच गोली फायरिङ भएको प्रहरी स्रोतले पुष्टि गरेको हो ।

प्रहरीले दुई विप्लव कार्यकर्ता पक्राउ गरेको दाबी गरेको छ। पक्राउ पर्ने  उनीहरु बम विज्ञ रहेको जनाइएको छ । काठमाडौंस्थित महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि उसका गतिविधिमाथि कडा निगरानी राख्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds