काठमाडौँ । धेरै वर्ष अघिदेखि फुलचोकी मिडिया नामबाट अश्लील भिडियो र छाडा अन्तर्वार्ता गर्ने टीम नै पक्राउ परेका छन् । एक जना अझै बाँकी छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले फुल्चोकी मिडिया गुप्रका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वार्ता दिने मोडल भनिएकी परी तामाङलाई नियन्त्रणमा लिएको हो। यौन भिडियो बाहिरिएपछि गोप्य अंग देखाउँदै परी पछिल्लो समय युट्युबेको अन्तर्वार्ताहरुमा देखिएकी थिईन् ।
उनीहरुले मस्ती टक कार्यक्रम भन्दै सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजित कार्यक्रम संचालन गरेको गुनासो ब्याप्त थियो । यही विषयमा उजुरी आएपछि मङ्गलबार कलङ्कीबाट नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
उनीहरूलाई साइबर अपराध अनुसार कारबाही अगाडी बढाउने डिएसपी बोगटीले बताए। सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिँदै आएकोमा चर्को विरोध हुँदै आएको थियो ।
सोहि मिडियाबाट अश्लिल अन्तर्वार्ता गर्ने प्रदीप सिंह थापाप्रति पनि सर्वसाधारणको आपत्ति छ ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम